चीनको दक्षिणपश्चिमी गुइझाउ प्रान्तस्थित टोङ्जी नदीमाथि निर्माण गरिएको विशाल पुलको मनोरम दृश्य एफपीभी ड्रोनमार्फत कैद गरिएको छ । ९६५ मिटर मुख्य स्पान रहेको टोङ्जी नदी ग्रान्ड ब्रिजले रेन्हुआइ र टोङ्जी क्षेत्रलाई जोडेको छ । पुल सञ्चालनमा आएपछि यी दुई क्षेत्रबीचको यात्रा समय करिव दुई घण्टाबाट घटेर २० मिनेटमा सीमित भएको छ । सन् २०२४ को सेप्टेम्बरमा यातायातका लागि खुला गरिएको उक्त पुलले स्थानीय यातायात र आवागमनलाई सहज बनाएको छ । एफपीभी ड्रोनबाट खिचिएका दृश्यमा पुलको विशाल संरचना, आसपासको प्राकृतिक भूगोल र पुलमाथिको आकर्षक दृश्यलाई फरक कोणबाट देखाइएको छ ।
चीनको विशाल पुलको आकर्षक दृश्य एफपीभी ड्रोनबाट कैद
ताजा समाचार
चीनको विशाल पुलको आकर्षक दृश्य एफपीभी ड्रोनबाट कैद
२७ सेकेंड अघि
चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान
१५ मिनेट अघि
आजको मौसम
२९ मिनेट अघि




