ललितपुरमा कात्तिक नाच सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ललितपुरमा कात्तिक नाच सुरु

karthic nach

ललितपुर, २७ कात्तिक । यो वर्षको कात्तिक नाच सोमबार साँझ देखि ललितपुरको कार्तिक डबलीमा सुरु भएको छ । ३ सय ७८ वर्ष पुरानो साँस्कृतिक महत्व बोकेको कात्तिक नाच मङ्गलबजार स्थित कार्तिक डवलीमा सोमबारबाट सुरु भएको हो ।

कात्तिक नाच १२ दिनसम्म नियमित रुपमा देखाइनेछ । पहिलोपटक पाँच दिन देखाइने गरि सुरु भएको इतिहासमा उल्लेख छ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कार्तिक महिनामा नृसिंह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले यसलाई कात्तिक नाच भनिदै आइएको छ ।

यो नाचमा पछि उनका छोरा श्री निवास मल्लले बाथः प्याँख(लोक नाटक) १० दिन थपेर १५ दिनको पु¥याएको मानिन्छ । यसै नाचलाई श्री निवास मल्लका छोरा योगनरेन्द्र मल्लले उषा हरण तथा माधव वानल लीला थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरिएको इतिहास छ ।

२७ दिनसम्म देखाइने यो नाचमा भिन्न विषयवस्तु तथा भिन्न कथामा आधारित रहेर बेग्लाबेग्लै नाच नदोहो¥याई देखाइन्छ । बिशेष गरि विष्णु पुराणमा आधारित भएर नृत्य गर्दै नाटक मन्चन गरे जसरि भिन्न भिन्न पात्रको प्रस्तुति नै कात्तिक हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);