कञ्चनपुरका थारु बस्तीमा सखिया नाचको रौनक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कञ्चनपुरका थारु बस्तीमा सखिया नाचको रौनक

काठमाडौं,७ कात्तिक । दसैंसंगै कञ्चनपुरका थारु बस्तीमा सखिया नाचको रौनकै रौनक छाएको छ । सखिया नाच सुरु नभएसम्म गाउँमा दसैँ आएको आभास नै नहुने भन्दै उनिहरु राति अबेरसम्म सखिया नाचमा झुम्ने गर्दछन् ।

दसैँको आगमनसँगै थारु समुदायको घरघरमा अबेर रातिसम्म मादल घन्किने गर्दछ । दिनभर काममा व्यस्त भएपनि उनिहरु राति अबेरसम्म सखिया नाचमा झुम्ने गर्दछन् ।

सखिया नाच सुरु नभएसम्म गाउँमा दसैँ आएको आभास नै नहुने थारु महिलाहरु बताउछन । पहिलेको पुस्ताले दसैँ आउनुभन्दा एक महिना अगाडि देखिनै सखिया नाच्ने गरे पनि पछिल्लो सयम यो नाच छोट्टिँदै गएको छ । थारु समुदायमा दसैँमा सखिया नाचको विषेश महत्व रहेको छ ।

सखिया नाचमा भगवान् कृष्णको जीवनमा आधारित गीत गाउने गरिएको छ । सखिया नाच्ने युवतीले सेतो रङको फरिया र रातो रङको चोलिया लगाउने गर्छन् भने केटाले सेतो रङको धोती र रुचि अनुसारको रङको कमिज लगाउने गर्छन् । गीत नसकिएसम्म नाच सकिँदैन र यो धेरै लामो हुन्छ । प्रायः पुरुषले मादल बजाउने र युवतीले नाँच्ने प्रचलन यो समुदायमा रहेको छ । आउने पिँढीलाई आफ्नो संस्कृतिप्रति लगाव बढाउन पनि सखिया नाचमा युवापुस्ता सहभागी गराउने गरिएको छ ।

आफ्नो संस्कृतिको जगेर्नासँगै आपसी भाइचारा बढाउन पनि सखिया नाच्ने गरिन्छ । थारु समुदायमा कृष्णाष्टमीदेखि सखिया नाचको गीत गाउन सुरु भएपनि दसैँमा यसको रौनक छुट्टै हुने थारु अगुवा बताउँछन् । कुनैकुनै गाउँमा तिहारसम्म पनि सखिया नाच नाच्ने प्रचलन रहेको छ ।

दसैँका बेला घरघरमा गएर सखिया नाच्ने प्रचलनले आपसी सम्बन्ध बलियो बनाउने र समुदायमा भाइचाराको सम्बन्ध स्थापित हुने विश्वास यो समुदायमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);