दाङ्गका थारु समुदायले सखिया नाच नाचेर दशै मनाए | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

दाङ्गका थारु समुदायले सखिया नाच नाचेर दशै मनाए

sakhiya nachha

दाङ्ग, ६ कात्तिक । दाङ्गका थारु समुदायले दशै पर्वमा सखिया नाच नाच्ने गर्दछन । थारु समुदायले सखिया नाच नाचेर दशै मनाएका छन ।

रमाइलोका लागी मात्र भन्दापनि भुतप्रेत तथा रोगब्याध हटछ भन्ने विश्वासले थारु समुदायले यो नाच नाच्ने गरेका छन । पहिले पहिले भदौ महिना देखी दशैको पुर्णिमा सम्म नाचिने सखिया नाच आजभोली भने दशैमा मात्र नाच्ने गरीन्छ ।
दाङ्गका थारु समुदायले बैशाख जेष्ठ, अषाड, श्रावण र भदौ यो पाँच महिनालाई कालरात्री भन्ने गर्दछन । कालरात्रीमा विभिन्न रोगहरु लाग्ने, भुतप्रेतको डर हुन्छ भन्ने मान्यता थारु समुदायमा रहेको छ । सो समयमा रोग हटाउन र भुतप्रेत लखेटने मान्यता अनुसार सखिया नाच नाच्ने प्रचलन रहेको छ ।

यो नाच नाच्दा भुतप्रेत वा कुनै रोग नलाग्ने विश्वास गरीन्छ । सखिया नाच नाच्दा जहाँ सम्म मादल र गीतको आवाज पुग्छ, त्यहाँ सम्म भुतप्रेत नआउने धानबालीमा किरा फट्याङग्रा नलाग्ने मानिस लगायत पशुपन्छीलाई आनन्द तुल्याउने मान्यता अनुसार यो नाच थारु समुदायमा नाच्ने गरिएको सो समुदायका अगुवाहरुको भनाई रहेको छ ।

दशैको टिकामा थारुहरुले छानेका अगुवाका भरमा जम्मा भई अगुवाले टिका लगाई दिएपछि अगुवाका घरमा यो नाच नाच्ने गरीन्छ । यो नाच नाच्नका लागी अविवाहित केटिहरु जम्मा भएर सेतो सारी रातो ब्लाउजमा र गरगहनामा सजिएर अगुवाका घरमा गई नाच्ने प्रचलन छ । केहि समय पहिले सम्म एक महिना सम्म नाच्ने सखिया नाच आजभोली भने दशैमा मात्र नाचिने चलन रहेको छ । समुदायका मानिसहरुको व्यस्तताका कारण नाचको समय दशैको घट्स्थापना देखी कोजाग्रत पुर्णिमाको दिन सम्म कायम गरिएको छ ।

पहिले थारु समुदायले दशैका नवमीमा दिन सेतो टिका लगएर मकैको जमारा लयाउथे । तर दाङ्गमा बसोबास गर्नै थारु समुदायले पाहाडी समुदायको संस्कृतिको अनुसरण गर्दै आजभोली टिकाको दिनमा रातो टिका लगाउने प्रचलन समेत सुरु भएको छ । आफ्नो कला सस्कृतीमा धनी मानीएका थारु समुदायले सस्कृतीमा केहि परिमार्जन सुरु गरेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);