धुमधामका साथ नाचेर मनाइयो टप्पा नाच | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

धुमधामका साथ नाचेर मनाइयो टप्पा नाच

२४ कात्तिक । सुदूरपश्चिमका धेरै जिल्लाहरुमा दर्जनौ मौलिक संस्कृतीहरु रहेका छन् । त्यसमध्ये एक हो, टप्पा नाच । विशेषगरी मेलापर्वमा नाचिने यो नृत्य, सल्यान र प्यूठानमा यस वर्षको तिहारका दिन पनि धुमधामका साथ नाचेर मनाइएको छ ।

यो नाच विशेष गरी सुदूरपश्चिमेलीहरुले मेला, पर्वका वेला नाच्ने गर्दछन् । समुदाय मिलेर नाचिने हुँदा यो नाचको विशेष महत्व छ । मनमुटाप विर्सन, दुखलाई खुसिमा परिणत गर्न, खुशि भएर गरिएका कामले आफुलाई पनि स्वस्थ्य राख्छ भन्ने मान्यता अनुरुप यो नाच नाच्ने गरिन्छ ।

यो नाचको विशेष महत्व रहेको भएपनि पछिल्लो समयमा ओझेलमा पर्दै गएको छ । गाउँका अधिकांश पुस्ता बैदेशिक रोजगारीमा गएको र गाउँमा भएकाहरु पनि आधुनिक प्रबिधितर्फ ढक्किंदै गएकाले लोप हुन लागेको स्थानीयहरुको गुनासो छ । यसलाई संरक्षण गर्न सके पर्यटन प्रबर्द्धनका साथै, आर्थिक कृयाकलाप पनि वढ्ने संस्कृतीविद्हरुको भनाई छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);