तराईमा छठ पर्वको चहल पहल सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

तराईमा छठ पर्वको चहल पहल सुरु

chhat

सुरेन्द्र कुमार कामति
सिरहा, २४ कात्तिक
। दिपावली सकिएसँगै तराईका जिल्लाहरुमा छठको चहल पहल बढेको छ । छठ पर्वको लागि सिरहाका विभिन्न नदि, तलाउ, पोखरीहरु सरसफाईदेखि पण्डाल लगाउने काम सुरु भएको छ । छठ पर्वको लागि सिरहाको कमला नदि, बलान, घुर्मी, जिवा, खुट्टी, मैनावती नदिसँगै पोखरीहरु सरसफाई गर्ने क्रम बढेको छ ।

रानी पोखरीले चिनिने सिरहाको पंचमुखी हनुमानी जी पोखरी, प्राचिन सलहेश पोखरी, दुर्गा पोखरी, गोरियारी पोखरीमा पनि छठपर्वको लागि तयार पारीदै छ । स्थानीय आयोजकहरुले ती पोखरी, नदिहरुमा टेण्ट र पण्डाल लगाउने काम सुरु गरेका छन् ।

प्राचीन सलहेश पोखरीमा हुने छठ पर्वको लागि नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय मिलेर पोखरी सरसफाई गरेका छन् । उता रानी पोखरीको नाममले चिनिने पंचमुखी हनुमानी जी पोखरीमा रंगरोघनको तयारी भैरहेको छ । विभिन्न नदि, तलाउ, पोखरी सजाउने क्रमसँगै बजारमा पूजा सामग्रीको खरिद बिक्रि पनि बढेको छ ।

मुख्य पूजा साम्रगीको रुपमा रहेको झुप्पावाला केरा किन्न बजारमा भीडभाड सुरु भएको छ । छठपर्वमा झुप्पावाला केरा चढाउने गरिन्छ । सिरहाको ग्रामीणदेखि मुख्य बजारहरुमा झुप्पावाला केरा किन्न भीड सुरु भएको छ ।

यता माटोको कोसिया, कुरुवार, ढकना, घैला, हात्ती किन्न पनि हाट बजारमा भीड लाग्ने गरेको छ । यस वर्षको छठ पर्वको संध्याको अर्घ आगामी मंगलबार र बिहानको अर्घ बुधबार दिई विधिवत सम्पन्न हुनेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);