ट्याक्सी र भ्यान ठोक्किदा ३ को मृत्यु, २ घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ट्याक्सी र भ्यान ठोक्किदा ३ को मृत्यु, २ घाइते

Nijgadh Accident

बारा, २४ कात्तिक । पूर्व पश्चिम राजमार्ग अन्तरगत बारामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बारा जिल्लाको निजगढ नगरपालिका वडा नं.९ स्थित भमरा पुलमा बा.२ ज २११७ नम्वरको ट्याक्सी र तरकारी बोकेको ग २ च २३२५ नम्वरको पिकअप भ्यान एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ट्याक्सी चालक भक्तपुरका २९ वर्षिय समुन्द्र श्रेष्ठ , निजगढका २५ वर्षिय विशाल माझी र निजगढकै २५ वर्षिय आकाश माझी रहेको निजगढ ट्राफिक प्रहरीले जानकारी दिएको छ । ट्याक्सीमा सवार अन्य दुइ जना घाइतेको उपचार भैरहेको छ ।

गएराति करिब एक बजेको समयमा दुइ सवारी साधन एकआपसमा ठोक्किएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);