छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु 

काठमाडौं। काठमाडौं, बारा र नपलवरासीमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ स्थित सडकमा बा.७६ प १३५ नम्बरको स्कुटर र बागमती प्रदेश ०२–०१९ प २४७६ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक शंखरापुर नगरपालिका–५ पालुवारी घर भएका ३५ वर्षीया बालकुमार कटुवाल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार एक जना र मोटरसाइकल चालकको शिक्षण अस्पताल महाराजगंजमा र मोटरसाइकलमा सवार एक जनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–३ बजनीमा बा.७१ प २९७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा वीरगन्ज महानगरपालिका–१० रानीघाट बस्ने ४५ वर्षीय शम्भु साह रहेका छन् । उनको शनिबार साँझ मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको अल्पाईन अस्पताल सिमरा हुँदै थप उपचारको लागि नारायणी अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनमा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको अल्पाईन अस्पताल सिमरामा उपचार भइरहेको छ । बाराको कलैया उपमहानगरपालिका–४ अदालत टोलमा बा.प्र.०१–०२६ च ११२६ नम्बरको पिकअप अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति भएको उक्त दुर्घटना मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन । यसैगरी बाराको निजगढ नगरपालिका–१० स्थित सडकमा हाल नम्बर नखुलेको अटो र बागमती प्रदेश ०३–०४ प ३९९७ नम्बरको स्कुटर ठोक्किदा एक जनाको मृत्यु भएको छ । शनिबार भएको उक्त दुर्घटनामा स्कुटरमा सवार निजगढ नगरपालिका–७ माझी टोल बस्ने शेखर पुलामीको ६ वर्षीया छोरी सिअल पुलामीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको निजगढ नेशनल हस्पिटल हुँदै पुरानो मेडिकल कलेज भरतपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नवलपरासी पश्चिमको सुनवल नगरपालिका–१३ बडेरामा लु.६२ प १२९२ नम्बरको मोटरसाइकल शनिबार दुर्घटना एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका–१ बस्ने २९ वर्षीय बिनय रायमाझी रहेका छन् ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);