दाङमा बस र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दाङमा बस र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

भालुवाङ (दाङ), २४ फागुन । दाङको देउखुरीमा बस र मोटरसाइकल ठोक्किदा दुई जना युवकको मृत्यु भएको छ ।

आइतवार राती दश बजे पश्चिमबाट पुर्वतर्फ जादै गरेको ना ४ ख ९०१६ नम्बरको बस र अनटेष्ट बुलेट मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकलमा सवार लमही नगरपालिका वडा नम्बर ८ उचानिम्बु निवासी २३ वर्षिय प्रकाश थापा र सोही ठाउँ निवासी ३० वर्षिय मोटरसाईकल चालक तिलक थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि बस्ने प्रकाशको घटनास्थलमा नै मृत्यु भएको र चालक तिलक थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);