बर्दियाबाट काठमाडौं आउदै गरेको रात्रीबस दाङमा दुर्घटना,दुई जनाको घटनास्थलमै मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

बर्दियाबाट काठमाडौं आउदै गरेको रात्रीबस दाङमा दुर्घटना,दुई जनाको घटनास्थलमै मृत्यु

दाङ, ८ माघ । बर्दियाबाट काठमाडौं आउदै गरेको रात्रीबस दाङमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दाङको लमही नगरपालिका–९ स्थित रिहार प्रहरी चौकीबाट ४ किलोमिटर पश्चिमको जंगल क्षेत्रमा प्रदेश ३– ०१००५ ख ९७१९ नम्बरको रात्री बस दुर्घटना भएको दाङका प्रहरीले जनाएको छ ।

दुर्घटनमा परी बर्दियाको गेरुवा गाउँपालिकाका – १ का ३६ बर्षीय भिमनाथ योगी र ठेगाना नखुलेका युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सडकको भित्तामा बस ठोक्किदा दुई जनाको च्यापिए घटनास्थलमै मृत्यु भएको हो । चालक निदाएका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ ।

दुर्घटनामा चालक मात्रै घाइते छन् । बसमा सवार अन्य यात्रु निदाएको तथा सबै सकुशल रहेको प्रहरीले बताएको छ । मृतक दुबै जनाको पोष्टमर्टमका लागि दाङको लमही अस्पतालमा राखिएको छ। घटना बारे अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।

यसअघि पुस २८ गते राति महेन्द्र राजमार्ग अन्तरगत बाँकेको नेपालगंजबाट काठमाडौं आउँदै गरेको बस दाङको राप्ती गाउँपालिका – १ भालुवाङस्थित राप्ती पुलबाट खस्दा १२ जनाको मृत्यु भएको थियो। २४ जना घाइते भएका थिए । लामो दुरिका सवारी साधनमा दुई जना चालक राख्नुपर्ने नियम कार्यान्वयन नहुँदा दुर्घटना नियन्त्रण हुन सकेको छैन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);