तनहुँमा मिनी ट्रक दुर्घटनामा २ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

तनहुँमा मिनी ट्रक दुर्घटनामा २ जनाको मृत्यु

तनहुँ,८ माघ । तनहुँमा मिनी ट्रक पल्टिदा २ जनाको मृत्यु भएको छ । आइतबार राति मिनीट्रक पल्टिदा ट्रकमा सवार २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

देवघाट–२ कोटबैदी भोक्टेनीस्थित भित्रि सडक खण्डमा दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ न.को मिनी ट्रक सडकदेखि ५ सय मिटर तल खसेको हो ।

ट्रकका चालकसहित ३ जना मध्ये २ जना घाइतेहरुको उद्धार गरेर उपचारका लागि दमौली अस्पताल लगिएको थियो । उपचारको क्रममा २ जनाकै निधन भएको हो ।

मृत्यु हुनेमा देवघाटकै नरबहादुर गुरुङ र बिमाया गुरुङ रहेका छन् । चालक भने हालसम्म फरार रहेको बुझिएको छ । उनको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);