मुगुमा ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु, ६ जना घाइते  | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

मुगुमा ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु, ६ जना घाइते 

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–१३ रुघामा आज ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा रुघाकै ३५ वर्षीय लोकेन्द्र लावड रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका ६ जनालाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको र घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

कर्णाली नदीबाट बालुवा लोड गरेर बामतर्फ जाँदै गरेको लु ४ त ७७६२ नम्बरको ट्याक्टर अनियन्त्रित भएर आज बिहान सवा ८ बजे सडकबाट करिब ६० मिटर तल खसेको थियो । दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);