छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं । संखुवासभा, सल्यान, बैतडी, पर्सा र कञ्चनपुरका छुट्टाछुट्टै स्थामा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

संखुवासभाको चैनपुर नगरपालिका–११ गहतेमा को.२ त ४२९४ नम्बरको ट्रयाक्टर शनिबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक सोही नगरपालिका–३ पोखरी बस्ने २४ वर्षीय बिनाहाङ लिम्बु रहेका छन् । 

दुर्घटनामा गम्भीर गाइते भएका उनको मनकामना अस्पताल तुम्लिङटारमा उपचारको क्रममा मृत्यु भएको हो । सल्यानको शारदा नगरपालिका–१ पट्नेरीमा रा.४ प ९१७१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २५ वर्षीय दिपेश डाँगीको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको कर्णाली अस्पताल श्रीनगर हुँदै  राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते भएका मोटरसाइकल चालक सितलपाटी बस्ने २६ वर्षीय निरज सिंहको कर्णाली अस्पताल श्रीनगरमा उपचार भइरहेको छ । 

बैतडीको दशरथ चन्द नगरपालिका–१० भाटलामा सु.प.प्र ०१– ०० २ त ५५९८ नम्बरको ट्रयाक्टर शनिबार राति दुर्घटना हुँदा चालक अर्जुन थारुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

पर्साको ठोरी गाउँपालिका–३ मा प्रदेश २–०३–००१ ह ६२८ नम्बरको अटो दुर्घटना हुँदा चालकको मत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–४ बस्ने ३५ वर्षीय वीर बहादुर बिश्वकार्मा रहेका छन् । उनको आइतबार बिहान घटनास्थमै मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य ३ जनालाई उपचारका लागि सोही गाउँपालिका–५ स्थित उन्नति मेडिकल सुवर्णपुर पठाइएको छ ।कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडामा से.२ प ९६३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक हस्ते चौधरीको मृत्यु भएको छ । 

शुक्रबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढी कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);