सर्लाहीको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सर्लाहीको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सर्लाही । सर्लाहीको विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मलंगवा नगरपालिका–४ शिवसागर चोकस्थित सडकमा ना.१ झ १७०० नम्बरको स्कारपियोको ठक्करबाट सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका–१४ बस्ने हिरालाल मण्डलको ४ वर्षीय छोरा निशान्त कुमार मण्डल रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हरिवन नगरपालिका–४ लखन्देही पुल नजिक सडकमा प्र.२–०३–००१ च १९२४ नम्बरको बोलेरोले ज.५ प ७६५५ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुने मोटरसाइकल चालकको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सरस्वती अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हरिपुर्वा नगरपालिका–९ खिला टोलस्थित सडकमा प्रदेश२–०२–००३ प ३४९४ नम्बरको मोटरसाइकल सोमबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १४ वर्षीय रितेश राय यादव छन् । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक एवं मृतकका बुबाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);