छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु 

काठमाडौं। देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । बाँकेको डुडुवा गाउँपालिका–५ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँस्थित शिवराजपुर बस्ने बिमल घर्तिकी छोरी ३ वर्षीया दुर्गा घर्ती रहेकी छन् । उनको शनिबार दिउँसो मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । पाल्पाको पुर्बखोला गाउँपालिका–४ मंगलामा लु.४ त ७१९८ नम्बरको ट्रयाक्टर शनिबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक पुर्बखोला गाउँपालिका–२ राक्से बस्ने २२ वर्षीय कमल राना छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । सर्लाहीको गोडैता नगरपालिका–१ बहादुरपुरस्थित सडकमा डिएल ४ सिए ०१९७ नम्बरको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने हरिन्द्र पासवानकी छोरी २ वर्षीया सुधा कुमारी रहेकी छन् । उनको शनिबार साँझ मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली चोकमा प्रदेश ३–०२–०१२ प ६३३५ नम्बरको मोटरसाइकल रेलिङमा ठोक्किएर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–२ घर भई भक्तपुर गठ्ठाघर बस्ने २७ वर्षीय पुण्य बहादुर बोहराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नागरिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);