बैतडीमा ट्रक दुर्घटना : एक जनाको मृत्यु, ५ जना घाइते  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बैतडीमा ट्रक दुर्घटना : एक जनाको मृत्यु, ५ जना घाइते 

बैतडी । बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ पाटनबाट सुर्नयातर्फ जाँदै गरेको से १ ख १२४२ नम्बरको मिनी ट्रक पाटन नजिकै सडकमा पल्टिँदा भएको दुर्घटनामा परी सुर्नया-३ का २५ वर्षीया दुर्गा चन्दको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

गम्भीर घाइते भएकी चन्दलाई उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीले जानकारी दिए । 

मिनी ट्रकमा सवार पाँच जना घाइते भएका छन् । सुर्नया गाउँपालिका-३ का ३५ वर्षीया माधवी चन्द, ३५ वर्षीया वसन्ती भट्ट,  ३३ वर्षीया कलावती भट्ट, सुर्नया-३ कै २८ वर्षीया निर्मला चन्द र ३३ वर्षीया पार्वती बिष्ट घाइते भएका छन् ।  

माधवी, वसन्ती र कलावतीलाई डडेल्धुरा लगिएको छ भने निर्मला र पार्वतीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारमा भइरहेको छ । लिपपोतको लागि रातो माटो लैजानको लागि उनीहरु पाटन आएको प्रहीले जनाएको छ ।  मिनीट्रक चालक पाटन- ४ का वीरेन्द्र खत्री फरार छन् ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);