बैतडीको रौलेश्वरमा घर भत्किँदा एकको मृत्यु, दुई घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

बैतडीको रौलेश्वरमा घर भत्किँदा एकको मृत्यु, दुई घाइते

बैतडी । बैतडीको सुर्नया गाउँपालिका-५ रामकी बरायलमा घर भत्किँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा ७१ वर्षकी परुदेवी महरा छिन् ।

५५ वर्षीया सरस्वती विष्ट र उनकी बुहारी ३० वर्षीया माया विष्ट घाइते भएका छन् । लगातारको अविरल वर्षाका कारण घर भत्किएको हो ।  घटनास्थलमा प्रहरी खटाइएकाे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख रमेश पालले बताए । 

मंगलबारमात्रै शिवनाथ-६ बसेडीमा घर भत्किँदा तीनजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र तीन वर्षीय सोम पार्की छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);