भारतले कैलालशपुरी बाँध बन्द गर्दा टिकापुर डुबानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारतले कैलालशपुरी बाँध बन्द गर्दा टिकापुर डुबानमा

धनगढी । भारतले शारदा कैलाशपुरी बाँधको ढोका बन्द गर्दा कैलालीको टिकापुरस्थित दक्षिणी क्षेत्र डुबानमा परेको छ । कणाली नदीमा भएको पानी भारतको कैलालशपुरी बाँध हुँदै बग्छ । तर, भारतीय पक्षले सो बाँधको ढोका बन्द गरेपछि पानी थुनिएर थप डुबान भएको हो । टिकापुर नगरपालिका–वडा नम्बर–८ का वडा अध्यक्ष दिर्घबहादुर ठकुल्लाका अनुसार कणाली थुनिएपछि मोहना नदीतर्फ पर्कन थालेको छ भने हुलाली राजमार्ग समेत डुबानमा परेको छ ।

टिकापुर नगरपालिका–५ स्थित शाहीपुरमा कर्णालीले करिब २ सय २० मिटर जति तटबन्ध  फुटाउँदै सोही स्थानमा बनेको हुलाकी राजमार्गसमेत बगाएर मंगलबारदेखि नै टिकापुरको पूर्वि क्षेत्र डुबानमा परेको उनले बताए । ‘भारतले कैलाशपुरीमा ढोका बन्द गर्दा पानी थुनिएको छ,’ वडा अध्यक्ष ठकुल्लाले भने, ‘पानी थुनिदा डुबान कम भएको छैन, नागरिकको विचल्ली भएको छ ।’ कर्णालीको पानी गाउँमा पस्दा करिव २ सय परिवार विस्थापित भएका छन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले कैलाशपुरी बाँधमा ढोका थुनेको जानकारी नभएपछि कर्णालीमा पानी थुनिएको बताए । ‘अहिले कर्णालीमा पानी थुनिएर मोहना नदीतर्फ बढिरहेको छ,’ उनले भने । 

यसैगरी, रानीजमरा कुलरिया सिंचाइ आयोजनाको साईड ड्याम फुटेर बस्तीमा छिरेको पानीका कारण टिकापुर बजारसमेत डुबानमा परेको छ । इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक प्रकाश साप्कोटाका अनुसार मंगलबार नहरबाट जानकी नगरपालिका क्षेत्रमा पसेको पानी बग्दै टिकापुर बजार क्षत्रमा पुगेपछि अहिले टिकापुर बजार क्षेत्र डुवानमा परेको हो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);