सुदूरपपश्चिमका ७ पहाडी जिल्लामा यातायात ठप्प, सञ्चार र विद्युत सेवा अबरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुदूरपपश्चिमका ७ पहाडी जिल्लामा यातायात ठप्प, सञ्चार र विद्युत सेवा अबरुद्ध

धनगढी । लगातारको बर्षापछिको बाढी र पहिरोका कारण सुदूरपश्चिम प्रदेशका ७ वटा पहाडी जिल्लाको यातायात सेवा ठप्प बनेको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अबिरल बर्षाका कारण डोटीको जोरायल गाउँपालिका स्थित बुडर नजिकै भीमदत्त राजमार्गमा पहिरो खस्दा ७ वटै जिल्ला जोड्ने सडक अबरुद्ध बनेको हो ।

भीमदत्त राजमार्ग अन्तरगत नै कैलालीको चुरे गाउँपालिका स्थित भासु भिर नजिक पनि पहिरो गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकी प्रहरी जवान राधा भट्टले बताइन् । उनका अनुसार लगातारको बर्षापछि पहिरो जाँदा डोटीस्थित कालागार, बैतडीको खोड्पे अन्तर्गतको जयपृथ्बी राजमार्ग सडक खण्ड अबरुद्ध छ ।

यसैगरी, बैतडीको सतबाझ सडकखण्ड, दार्चुलाको महाकाली नगरपालिकास्थित खिम्त सडक खण्ड, अछामको कैलासखोला, ठुलासैनी सडक खण्डमा पहिरोका कारण यातायात सेवा प्रभावित बनेको भट्टले बताइन् । सडक सञ्चालन गर्न अहिले सवै क्षत्रमा डोजर परिचाल गरिएको छ । केही क्षेत्रमा सडक भासिएका कारण पूर्ण रुपमा सवारी सञ्चालन गर्न अझै केही समय लाग्ने उनले बताइन् । सुदूरपश्चिमका ७ पहाडी क्षत्रेमा विगत ३ दिनदेखि विद्युत र सञ्चार सेवा समेत अबरुद्ध बनेको छ ।
 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);