कर्णाली र म्याग्दीमा पहिरोका कारण सडक अवरुद्ध  | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

कर्णाली र म्याग्दीमा पहिरोका कारण सडक अवरुद्ध 

काठमाडौं ।  कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको तिलागुफा नगरपालिका–५ धनाडामा पहिरो खसेका कारण सवारी साधन प्रभावित भएका छन् ।

पहिरोका कारण मुगु जुम्ला चल्ने सवारी साधन आज बिहान सवा ८ बजदेखि  प्रभावित भएका हुन् । बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । म्याग्दीको रघुगंगा नगरपालिका–२ बैशरीमा पहिरो खसेका कारण बेनी जोमसोम सडक खण्ड अबरुद्ध भएको छ । आज बिहान पौने १२ बजेदेखि पहिरो खसेर सडक अबरुद्ध भएको हो । पहिरो खसिरहेका कारण तत्काल हटाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);