पहिरोका कारण तीनवटा सडक अवरुद्ध  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पहिरोका कारण तीनवटा सडक अवरुद्ध 

काठमाडौं। पहिरोका कारण दैलेख, पर्वत र लमजुङमा सडक अवरुद्ध भएका छन् ।

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतारामा सोमबार बिहान पहिरो जाँदा कर्णाली राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ।

प्रहरी चौकी पाल्तडाबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ।पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगास्थित मालढुंगा बेनी–सडकखण्डमा सोमबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ।अस्थायी प्रहरी पोष्ट मालढुंगाबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ।लमजुङको बेसीशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा सोमबार बिहान पहिरो जाँदा डुम्रे–बेसीशहर सडकखण्ड अवरुद्ध भएको छ।

अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);