पहिरोका कारण विभिन्न सडक अवरुद्ध  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पहिरोका कारण विभिन्न सडक अवरुद्ध 

काठमाडौं। पहिरोका कारण पाँचथर, लमजुङ र म्याग्दीका विभिन्न सडक अवरुद्ध भएका छन् । पाँचथरको हिलिहाङ गाउँपालिका–२ काबेलीस्थित मेची राजमार्गमा गएराति पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ ।

लमजुङको मस्र्याङदी गाउँपालिका–८ सिमलचौरस्थित बेसीशहर–मनाङ जाने वैकल्पिक बाटोमा मंगलबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुईठेस्थित बेनी जोमसोम सडकमा सोमबार राति पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । साथै सोही पहिरोका कारण मुस्ताङबाट पोखरातर्फ जाँदै गरेको बा.१३ च ४४४४ नम्बरको स्कारपियो गाडी आंशिक रुपमा क्षति पुगेको छ । यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्सेस्थित बेनी–जोमसोम सडकमा सोमबार दिउँसो पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

पहिरो गएका स्थानमा नजिकैको प्रहरी कार्यालयबाट तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);