तीन जिल्लामा पहिरोका कारण सडक अवरुद्ध  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

तीन जिल्लामा पहिरोका कारण सडक अवरुद्ध 

काठमाडौं। लमजुङ, म्याग्दी र दार्चुलामा पहिरोका कारण सडक अवरुद्ध भएका छन् । लमजुङको बेसिशहर नगरपालिका–१ उदिपुरस्थित डुम्रे–बेसिशहर सडकखण्डमा बुधबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैशरीस्थित बेनी जोमसोम सडकखण्डमा बुधबार बिहान पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नक्तडस्थित गोकुलेश्वर–दार्चुला सडकखण्डमा बुधबार बिहान पहिरो जाँदा सडक  पूर्ण रुपमा अवरुद्ध भएको छ ।

पहिरो गएका स्थानमा नजिकैको प्रहरी कार्यालयबाट तत्काल खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गर्नुका साथै अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);