भक्तपुरमा आज पुलुकिसी जात्रा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भक्तपुरमा आज पुलुकिसी जात्रा

भक्तपुर । भक्तपुरमा बुधबार पुलुकिसी (इन्द्रका बाहन ऐरावत हाती) जात्रा हुँंदै छ । जात्रा साँंझ हुन्छ । बाँंसलगायतबाट हातीको आकार दिई बनाइएको पुलुकिसीलाई भक्तपुर नगर परिक्रमा गरी जात्रा मनाइन्छ ।बाँंसबाट हाती आकार दिई त्यसलाई हातीको आकृति लेखिएको सेतो कपडाले छोपेर बनाइएको पुलुकिसीभित्र मानिस बसेर बोक्न मिल्ने गरी बनाइएकोलाई नगर परिक्रमा गराई जात्रा मनाइन्छ । जात्रा हेर्न पुलुकिसी हिँड्ने सबै सडकहरुतिर हजारौँ नगरवासीहरूको भीड हुने गर्दछ । यो भीड अझ विशेष गरेर चोकचोकमा वढी हुने गर्दछ । टौमढी, दरवार स्क्वायर, दतात्रयलगायतका ठाउँंमा विशेष भीड हुने गर्दछ । ती स्थानहरुमा लगातार नलगी पुलुकिसीलाई ओहोरदोहार गराइने भई हेर्दा आकर्षण देखिने भएकाले ती ठाउँंहरुमा वढी भीड हुने गरेको हो ।  पुलुकिसी नगर परिक्रमा गराउने क्रममा एक जना मानिसले अगाडि-अगाडि बसेर घण्टा बजाइएको हुन्छ । घण्टा बजाउँदै पुलुकिसी आएको संकेत दिँदै नगर परिक्रमा गराइएको हुन्छ । यो क्रममा पुलुकिसीसँंग हिँडेका मानिसले अगाडि छ्वाली बालेर हिँडेको हुन्छ । भक्तपुर नगरको लाकुलाछेंबाट सुरु भई नगर परिक्रमा गरेर त्यही पुगेर जात्रा टुंगिने चलन छ । यो बीचमा लाकुलाछेंबाट गाइजात्राको क्रममा नगर परिक्रमा गराउने रुट भई पूरै नगर परिक्रमा गराइन्छ । लाकुलाछेंबाट पोटरी स्क्वायर, नासमना, इटाछे, दरवार स्क्वायरको रुटमा पुलुकिसीको परिक्रमा गराइएको हुन्छ ।दरवार स्क्वायरबाट पुन बालाखू, चोछें, भोलाछें, थालाछें, सूर्यमढी हुँदै पुलुकिसीलाई दतात्रयमा ल्याइएको हुन्छ । त्यहाँंबाट पुनः इनाचो, गोल्मढी हुँदै टौमढी ल्याई लाकुलाछेँमै पुगेर जात्रा सम्पन्न गरिएको हुन्छ ।  पुलुकिसीलाई नगर परिक्रमा गराउने क्रममा पुलुकिसीको सुँडले छुवाउन नहुने जनविश्वास छ । नगर परिक्रमा गराउँंदा सुँंडले छोएमा बिरामी हुने वा मृत्युसम्म हुने जनविश्वासका छ । नगर परिक्रमा गराउने क्रममा सूर्यमढीको तलातुंछी (इनार) मा पुगेपछि पानी खुवाउने चलन छ ।

इतिहासविद् डा वीरेन्द्रप्रसाद कायस्थका अनुसार स्वर्गका राजा ईन्द्रले पृथ्वीलोकमा बन्धक बनाइएका आफ्ना छोरा खोज्न पृथ्वीलोकमा आएर घुमेको अर्थमा यो जात्रा चलाइँदै आएको छ । पारिजात फूल टिप्न पृथ्वीलोक आएका छोरालाई बन्धक बनाएपछि उसलाई खोजेर स्वर्गमा लैजान आफ्नो बाहन ऐरावत हातीलाई पृथ्वीमा घुम्न पठाएको किँम्वदन्ती रहेको उनले सुनाए । पुलुकिसी जात्रासँंगै भक्तपुरको इन्द्रजात्रा सम्पन्न भएको हुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);