भक्तपुरमा मुपात्र जात्रा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भक्तपुरमा मुपात्र जात्रा

भक्तपुर । भक्तपुरमा मुपात्र जात्रा सुरु भएको छ ।  जात्रा ईन्द्रजात्राको अवसरमा आश्विन कृष्ण द्वीतियादेखि चौथिसम्म तीन दिन मनाइन्छ ।  स्थानीयका अनुसार जात्रामा मुपात्र प्रमुख र धिःचा नामक अन्य दुई जना सहायकसहित तीनजनालाई राक्षसको पोशाक लगाई अनुहारमा विभिन्न रंग लगाई श्रृंगारपटारका साथ तरवार समात्न लगाई भक्तपुर नगर परिक्रममा गराउने प्रचलन छ।

मुपात्रले नगर परिक्रमा गर्दा भक्तपर नगरको टोलटोलमा ठड्याइ राखेको यमःद्योलाई मुपात्र राक्षसले तीन पटक घुमेर तरवारले हाने गरिन्छ। जात्रा सुरु हुनुअघि स्थानीय सःकुलान टोलका मानन्धर समुदायले दत्तात्रयस्थित भिमसेन मन्दिर अगाडि एक जोडा याँमता (आकाश दीप) त्रिशुल आकारको ल्याउने प्रचलन छ।

तचपालस्थित सँला गणेशलाई खटमा राखी भक्तपुर सहर परिक्रममा गराई सँला गणेश जात्रा गरिन्छ। त्यसपछि मुपात्र जात्रा निकाल्छ। जात्रामा याँमता, गणेश र मुपात्रलाई यमःद्यो भएको ठाउँमाहरुमा परिक्रमा गर्छ। जात्रामा मुपात्र बन्ने व्यक्तिको आजन्म जात जाने र भात-पानी नचल्ने सजाय भोग्नुपर्ने प्रचलन छ। सो अनुसार मुपात्र बन्ने व्यक्तिलाई ‘अछुत’को व्यवहार गरिन्छ।

यो जात्रामा स्थानीय बासिन्दा नभई विकट ठाउँकालाई मुपात्र बनाउने गुठी संस्थानले जनाएको छ। जात्राको दोस्रो दिन बेलुका गोमारीको मानन्धर समुदायको याँमतासँगै चोछें टोलको छुमा गणेशको जात्रा गरिन्छ । यस्तै तेस्रो दिन अर्थात आश्विन कृष्ण चौथीका दिन तमारीमा रहेको आकाश भैरवलाई गुठी संस्थान कार्यालयबाट विधिवत् रुपमा वलीसहितको सरकारी पूजा गरिन्छ ।

पूजा सकिएपछि तपालछीं र तेखाचोका मानन्धर समुदायले भैरवनाथको मन्दिरमा गई सुकुना बालेर ल्याउँछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);