६ भारतीय नम्बर प्लेटका ट्रकसहित ३३ लाख मूल्यको अवैध केराउ बरामद | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

६ भारतीय नम्बर प्लेटका ट्रकसहित ३३ लाख मूल्यको अवैध केराउ बरामद

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा भारत तर्फ चोरी निकासी गर्न लागेका ३३ लाख मूल्यको अवैध केराउ पक्राउ भएको छ । कृष्णनगर भन्सार नाका हुँदै लैजान लागेको साढे २२ टन केराउ (मटर) प्रहरीले बुधवार राती पौने १० बजे बरामद गरेको थियो । प्रहरीले अवैध निकासी प्रयोजनमा प्रयोग भएका ६ वटा भारतीय मालवाहक ट्रकसमेत नियन्त्रणमा लिएको छ । 

इलाका प्रहरी कार्यालय कृष्णनगर र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले नगरपालिका-१ दृष्टान्त पेट्रोल पम्प अगाडि र वडा नं. २ गल्ला मन्डीदेखि अवैध केराउसहितको ट्रक पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए । भण्डारीका अनुसार नेपालमा सामाग्री ढुवानीपछि खाली जानुपर्ने भए पनि निर्यात प्रतिबन्ध लागेको केराउ लुकाएर लैजान लागेको अवस्थामा फेला पारेको बताए । 

कुल नाैवटा ट्रकमा अवैध केराउ ओसारपोसार गर्न खोजिएको थियो । तीमध्ये ६ सवारी साधन प्रहरीले पक्राउ गरेको थियो । दुई सवारी साधन कृष्णनगर भन्सार कार्यालयको पार्किङ यार्डभित्र छिराएको थियो भने एउटा ट्रक भारततर्फ प्रवेश गरेको थियो । प्रहरीले यु.पि. ३५ टि २४५३, यु.पि. ५३ टि ३६३८, यु.पि. ७१ टि ११४८, यु.पि. ५५ टि १२५४, यु.पि. ५५ टि ०९६६, यु.पि. ७८ ए टि ८८२५ नम्बरका ट्रक पक्राउ गरेको बताइएको छ । पक्राउ गरेका ट्रक र केराउ राजस्व अनुसन्धान कार्यालय बुटवल लैजाने तयारी भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);