९ टन अवैध कुखुराको मासु चितवनमा बरामद गरी नष्ट | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०७९, शनिबार

९ टन अवैध कुखुराको मासु चितवनमा बरामद गरी नष्ट

चितवन, १९ चैत । भारतबाट अवैध रुपमा ल्याइएको ९ टन कुखुराको मासु चितवनमा बरामद गरी नष्ट गरिएको छ । भरतपुर महानगरपालिका १ बाट नियन्त्रणमा लिइएको सो गाडिमा रहेको मासु कुखुरा व्यवसायी, प्रहरी र पत्रकारको रोहबरमा नष्ट गरिएको हो ।

गगन सप्लायर्सको नाममा नक्कली क्वारेन्टाईन बनाई भैरहवाबाट काठमाडौं ल्याइदै गरेको कुखुराको मासु कृषकले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । कुखुराको मासुसँगै माछा, केराउ लगाएतका खाद्यान्न पनि गाडीमा रहेको प्रहरीले जनाएको छ ।