चण्डीकालिका मासुपसलमा सडेको मासु बिक्री, अनुगमन टोलीद्वारा नष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

चण्डीकालिका मासुपसलमा सडेको मासु बिक्री, अनुगमन टोलीद्वारा नष्ट

काठमाडौं, २२ असोज । काठमाडौंको मैतिदेविमा सञ्चालित चण्डीकालिका मासुपसलमा सडेको मासु बिक्री गर्न राखेको पाइएपछि काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले नष्ट गरेको छ ।

महानगरपालिकाले गरेको नियमित अनुगमनका क्रममा मासुपसलमा केही मात्रामा सडेको कुखुराको मासु बिक्री गर्न राखेको पाईएको थियो । उक्त मासुलाई अनुगमनमा गएको टोलिले नष्ट पारेको छ । त्यस्तै मासुपसलमा म्याद गुज्रेको मसला समेत पाइएको छ ।

महानगरपालिकाका पशुविकास अधिकृत डम्बर बहादुर बमले मासुपसलमा अनुगमन गर्दा सडेको मासु फेला परेको बताउनुभयो । त्यस्तै पसलमा अस्तव्यस्त रुपमा मासु राखिएको, बधशाला फोहोर भएको पाइएकोले स्पष्ट जवाफ सहित महानगरमा आउन भनिएका बमले बताउनुभयो ।

महानगरपालिकाले मैतिदेवि क्षेत्रका अन्य खाद्य पसलहरुमा पनि अनुगमन गरेको थियो । त्यस क्रममा केही पसलहरु दर्ता नगरी सञ्चालन गरेको, ढक तराजु प्रमाणिकरण नगरी प्रयोग गरेको पाइएकोले सचेत गराइएको उहाँले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);