जोमसोम ल्याईएको ३ सय २० केजी अयोग्य बोईलर कुखुराको मासु नष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जोमसोम ल्याईएको ३ सय २० केजी अयोग्य बोईलर कुखुराको मासु नष्ट

mustang-kukhura masu

मुस्ताङ, २९ चैत । काठमान्डौंबाट मुस्ताङको जोमसोममा ल्याईएको खान अयोग्य ८ बोरा (३ सय २० केजी) बोईलर कुखुराको मासु बिहिबार जफतगरी नष्ट गरिएको छ । बसबाट अनलोड गर्ने क्रममा ल्याईएको धादिङ फ्रेस हाउँसको बोरामा प्याकेजिङ बोईलर मासु प्रहरीसहितको टोलीले नियन्त्रणमा लिएको हो ।

मुस्ताङ आउने यात्रुबाहक बसको छतमाथि सेतो पातलो बोरामा उक्त कुखुराको मासु ल्याईएको थियो ।४० केजीका हिसाबले असुरक्षित प्याकेजिङ गरिएको उक्त बोईलर मासु ८ वटा बोरा भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले बताएको छ ।

घरपझोङ गाउँपालिका ४ सैनिक ब्यारेक नजिकैको धादिङ फ्रेस हाउसमा बिक्री गर्न ल्याएको उक्त बोईलर कुखुराको मासु अव्यवस्थित,असुरक्षित र खानयोग्य नभएको भन्दै गाउँपालिका,प्रशासन र प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको जनाईएको छ ।धादिङ घरभई लामो समयदेखि जोमसोममै फ्रेस हाउँस तथा किनारा पसल संञ्चालन गर्दै आईरहेका तारजित तामाङ उर्फ माने तामाङको पसलमा उक्त बोईलर कुखुराको मासु बिक्रीका लागि ल्याएको प्रहरी नायब उपरिक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।उनले नियन्त्रणमा लिईएको कुखुराको रेडिमेट मासु खानका लागि योग्य नभएकाले नियन्त्रणमा लिन परेको खुलाए ।उनले सरोकारवाला निकायको रोहबर सुरक्षित स्थानमा खाल्डो खनी नष्ट गरेको जानकारी दिए ।उनले अटेरगरी पुनः गल्ती दोहो¥याए कारबाही गर्ने जनाए ।

निकै ठुलो परिणामको उक्त बोईलर कुखुराको मासु पशु भेटनरीको प्रमाणपत्र सहित ल्याईएको भएपनि असुरक्षित तथा पशुजन्य मासुको आयात मापदण्ड पूरा नगरेकाले जफतगरी नष्ट गर्नु परेको घरपझोङ गाउँपालिकाका स्वास्थ्य संयोजक कर्ण थकालीले जानकारी दिए ।उनले स्वास्थ्य जस्तो संम्वेदनशील बिषयमा कसैले हेलचक्र्याई गर्न नहुने सुझाए ।

प्रजिअ गंगाबहादुर क्षेत्रीले अव्यवस्थित,असुरक्षित र अस्वस्थकर मासु जिल्ला भित्र्याएकाले ल्याएकाले जफत गर्नु परेको बताए । धार्मिक तथा पर्यटकीय जिल्ला भएकाले सर्वसाधारणको मानव स्वास्थ्यमा प्रतिकुल हुने गरी कुनैपनि खाद्य पदार्थ बिक्री बितरण गर्न नपाईने उनको भनाई छ ।उनले मासु आयात गर्दा सुरक्षित प्याकेजिङ र ढुवानी फ्रिज बक्सको बन्दोबस्त हुनुपर्ने उल्लेख गरे ।

दिनहु सयौं पर्यटक भित्रिने मुस्ताङ जिल्लामा नियमित बजार अनुगमन हुन सकेको छैन ।२४ घण्टा सम्म खुल्ला रुपमा ल्याएका पशुजन्य मासु खानका लागि अयोग्य हुने पुश सेवा शाखाकी फुलमाया नेपालीले बताईन् । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

मुस्ताङमा एकै पसलमा दर्जनौ प्रकार सामान बिक्री गर्ने र यसले सर्वसाधारणको स्वास्थ्यमा प्रतिकुल असर पु-याउने गरेको पाईएको छ ।यस्ता व्यवसायीलाई नियमन गर्दे बजार सुव्यवस्ति गर्नुपर्ने सचेतना मुलक कार्यक्रम गरी सुसुक्षित गनुपर्ने स्थानीयको भनाई छ ।

यता,फ्रेस हाउसकी संञ्चालिका राममाया तामाङले आफ्नो पसलमा ल्याएकाले मासु स्वस्थ्यकर र खाना योग्य भएको दावी गरिन् ।उनले आयात गर्दा केही त्रुटी भएको र निर्यातकर्ताको लापारवाहीले क्षति व्यवहोर्नु परेको दुखेसो सुनाईन् ।उनले पसलमा दैनिक बिक्री हुँने अनुपातमा मासुको खरिद भएको जनाईन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);