रुपन्देहिको मासु पसलमा अस्वथ्यकर मासु विक्रि वितरण भएको खबर पाएपछि मासु पसलमा अनुगमन | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

रुपन्देहिको मासु पसलमा अस्वथ्यकर मासु विक्रि वितरण भएको खबर पाएपछि मासु पसलमा अनुगमन

रुपन्देहि । रुपन्देहिको बुटवल भित्र सञ्चालित मासु पसलहरुमा अस्वथ्यकर मासु विक्रि वितरण भएको खबर पाएपछि विहिवार उपमहानगरपालिकाले नगरका मासु पसलमा अनुगमन गरेको छ ।अनुगमनका क्रममा सरसफाईको नभएको, बासी, सडेको खानेकुरा विक्रिकोलागि राखिएको र मापदण्ड विपरित पसल सञ्चालन भएको पाइएको छ ।

उपमहानगरपालिकाले गरेको बजार अनुगमनमा अखाद्य र सडेको मासु पाईएपछि ८० किलोबढी मासू तथा माछा नष्ट गरिएको छ । अनुगमनका क्रममा बुटवलको नेपालगन्ज रोडमा रहेको एउटै माछा पसलबाट ३८ किलो माछा र अस्पताललाईन स्थित भुडकी चोकमा रहेको एउटै मासु पसलबाट २५ किलो मासू नष्ट गरिएको हो ।

नेपालगन्ज रोडमा रहेको सद्दाम माछा एण्ड मासु पसलमा ३८ किलो माछा तथा अस्पताललाईन स्थीत भुडकी चोकमा रहेका ताहिर मासू पसलमा अनुगमन गर्दा २५ किलो मासू सडेको र खसी तथा बोकाको भनेर बाख्रीको मासू बेच्न राखेको पाईएपछि उक्त मासु नष्ट गरिएको हो । बुटवल उपमहानगरपालिकामा उपप्रमुखको नेतृत्वमा बजार अनुगमन समिती रहेको छ ।

यस्ता आयोग्ग बस्तु विक्रि वितरण गर्ने र पटक पटक यस्ता गतिविधी गरे व्यवसायनै बन्द गरिदिने उपमहानगरले जनाएको छ । अनुगमनमा उपभोक्ता हित संरक्षण मन्च, मासु ब्यवसायी संघका प्रतिनिधी, व्यसयायीक संस्थाहरुका प्रतिनिधी सहितको टोलीले उक्त स्थानका मासू पसलहरुमा अनुगमन गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);