दाङमा लेनदेन मुद्दाका फरार अभियुक्त पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दाङमा लेनदेन मुद्दाका फरार अभियुक्त पक्राउ

दाङ । दाङमा प्रहरीले लेनदेन मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १८ सतकुले निवासी ६४ वर्षीय होम बहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सार्कीलाई दाङ देउखुरी जिल्ला अदालतले गएको असार २५ गते लेनदेन मुद्दामा एक वर्षको कैद सजाय तोकेको थियो ।

अदालतको फैसला पछि फरार रहेका सार्कीलाई बिहीबार दिउँसो १ बजे लुकिछिपी बसेको अवस्थामा सतकुलेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए। उनलाई जिल्ला अदालत दाङमा बुझाइएको समेत प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);