इलाम वजारमा सञ्चालित सबै मासु पसल मापदण्ड विपरीत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

इलाम वजारमा सञ्चालित सबै मासु पसल मापदण्ड विपरीत

टिका खतिवडा
इलाम, ९ असोज । इलाम वजारमा सञ्चालित सबै मासु पसल मापदण्ड विपरीत रहेको पाईएको छ । नेपाल सरकारले तोके बमोजिमका कुनैपनि मापदण्ड पुरा नभएका मासु पसलबाट स्थानीयवासीले मासु खाइरहेका छन् ।

जनस्वास्थ्यमा खेलवाड हुनेगरी खुलेआम मापदण्ड विपरीत मासु विक्री वितरण भइरहंदा पनि सरकारी अनुगमनकारी निकाय भने बेखबर बनिरहेका छन् ।

जव चाडपर्व आउँछ तब बजार अनुगमन हुन्छ । अनि एक पटक खाद्य वस्तुको कुरा उठ्छ अनि योग्य र अयोग्य छुट्याइन्छ पनि । तर बिस्तारै बिर्सँदै गइन्छ । यसरी नै चलिरहेको छ नेपालमा अनुगमन प्रणाली ।

यसैक्रममा इलाम बजारका मासु पसलको अनुगमन तथा निरीक्षण सम्पन्न भयो । इलाम वजारमा सञ्चालित अधिकांस मासु पसलहरु सरकारले तोकेको मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको छ ।

इलाम नगरपालिकाको नेतृत्वमा इलाम वजारका १९ वटा मासु पसलको अनुगमन गर्दा सवै मासु पसलमा मापदण्ड पुरा नभएको अनुगमन टोलीको निष्कर्ष छ । इलाम नगरपालिका, जिल्ला प्रशासन कार्यालय, नगरपालिकाको पशुसेवा शाखा र जिल्ला प्रहरी कार्यालय इलामका प्रतिनिधिले अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा केही मासु पसलमा हतियारमा खिया लागेको पाइएको थियो । कतै पानीको अभावले अचानो राम्ररी नपखालेको पाइएको थियो । इलाम नगरपालिका पशुसेवा शाखाका बरिष्ठ पशुविकास अधिकृत सुरेन्द्र खरेलका अनुसार जिल्लामा सञ्चालित अधिकांश मासु पसल सरकारले तोकेको मापण्ड बिपरित सञ्चालन भएको पाइएको छ ।

मासु राख्नका लागि फ्रीज राखिएको भएपनि फ्रीजमा विद्युत नहुँदा फ्रीज प्रयोगविहीन जस्तै पाइएको छ । सरकारले तोकेको निश्चित मापदण्ड अनुसार नपाएपछि मासु पसललाई सचेत पनि गराइएको छ ।

दशैँ, तिहार जस्ता ठुला चाडपर्व नजिकिँदै छन् । चाडपर्वमा वढि मासु खपत हुने गरेको छ । यसै समयमा जस्तो पायो त्यस्तो मासु बेच्ने गरेको गुनाशो आउने गरेकाले चाडपर्वको मुखमा अनुगमन गरिएको इलाम नगरपालिकाकी उपप्रमुख शुसिला नेम्वाङले वताउनुभयो ।

यता ब्यापारी र ब्यवसायीहरुलाई आवश्यक तालिम र जानकारी नदिएका कारण यस्तो भएको इलाम उद्योग वाणिज्य संघका अध्यक्ष इश्वर चिपालुको भनाई छ ।

अनुगमनपछि मासु बिक्रेताहरुलाई सम्झाइएको छ । ब्यवसायीहरुलाई सफा र सुरक्षित मासु पसल सञ्चालन गर्न समेत निर्देशन दिइएको छ । अबको अनुगमनमा पनि सचेत गराइएका पसलहरु सुधार गरिएको नपाइए कारबाही गरिने उपप्रमुख नेम्वाङको भनाइ छ । चाडपर्व अगाडीको पहिलो अनुगमन मासु पसलबाट सुरु गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);