मालपोतमा अनलाईन प्रणाली लागु गरिए पनि सेवामा सहजता आएन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मालपोतमा अनलाईन प्रणाली लागु गरिए पनि सेवामा सहजता आएन

online

गोपाल झा
महोत्तरी, ९ असोज । महोत्तरीको मालपोत कार्यालयमा सबै सेवाहरु अनलाईन प्रणालीबाट सञ्चालन शुरु गरिएको छ । सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने, कार्यालयको भीड नियन्त्रण गर्ने उद्देश्यले मालपोत कार्यालयहरुमा अनलाईन प्रणाली लागु गरिए पनि यसले सेवामा सहजता भने ल्याउन सकेको छैन ।

अनलाईन प्रणाली लागु भएदेखि आफ्नो सानो भन्दा सानो काम गर्न पनि धेरै पल्ट मालपोत धाउन बाध्य भएको सेवाग्राहीको गुनासो छ ।

त्यसै त केही भीड हुने मालपोत कार्यालय अनलाइन प्रणाली लागु भएपछि झन् अस्तव्यस्त बनेको छ । नयाँ प्रविधिसंग कर्मचारीहरुको तालमेल मिल्न नसकेको देखिन्छ । कार्यालयमा अनलाईन मार्फत् काम थालिएदेखि कर्मचारी अभाव लगायतका कारणले कार्य निरन्तर सञ्चालन हुन नसकेको कार्यलय प्रमुख भूपबहादुर बोगटीको भनाई छ ।

बोगटीका अनुसार मालपोतको सबै कामकाज अनलाइन भएपछि यहाँबाट हुने मोठ, रोक्का, रजिष्ट्रेशन, नामसारी, मुद्दा, तामेली लगायतका सबै कामकाज कम्प्युटरबाट गर्नुपर्ने भएको छ । तर कार्यलयमा कर्मचारीहरुलाई कम्प्युटर सञ्चालनको ज्ञान नभएकाले कामकाज प्रभावित भएको हो ।

यता मालपोत विभागले एस.आर.एस. कन्सल्टेन्सी काठमाडौँबाट तालिम दिनका लागि प्रतिनिधि गजेन्द्र ठाकुरलाई पठाएर एकहप्ते तालिम दिइसकेको छ । सेवाग्राहीको सहजतालाई ध्यानमा राखी यस्तो प्रणाली लागु गर्नु सकरात्मक भएपनि यसका लागि अवश्यक तयारीको अभावले कामकारबाही झन् ठप्प झैँ हुन पुगेको छ । अनलाईन प्रणाली लागु गर्नु अघि कर्मचारीको संख्या तथा दक्षता र सीपको मूल्याङकन नै नगरीएकोले नै समस्या आएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);