आज देखि अनलाईन प्रविधिबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

आज देखि अनलाईन प्रविधिबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने

नवराज पौडेल । निर्वाचन आयोगले बुधबारदेखि अनलाईन प्रविधिबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्थाको सुरुवात गरेको छ । फोटोसहितको मतदाता नामावली संकलन कार्यलाई सरलीकरण गर्न निर्वाचन आयोगले काठमाडौं, भक्तपुर र ललितपुरबाट अनलाईन प्रणाली सुरु गरेको जनाएको हो । आयोगले असार १ गतेदेखि फोटोसहितको मतदाता नामावली संकलन सुरु गरेसँगै जिल्ला निर्वाचन कार्यालहरुमा सेवाग्राहीहरुको भिड बढेको भन्दै अनलाइन प्रविधिको सुरुवात गरेको हो । अनलाइन फाराम भरिसके पछि प्राप्त हुने संकेत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक कागजात लिएर बायोमेट्रिक दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जनाकारी दिए ।

दिनको दुईसय जनाले अनलाईन प्रणालीको सुविधा लिनसक्ने आयोगको भनाइ छ । स्वंयम उपस्थित भएर पनि अहिले जसरी मतदाता नामावलीमा नाम संकलन गर्न सकिने कार्य चालु नै रहने आयोगले जनाएको छ । संघीय र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै सुरु भएको मतदाता संकलन कार्यमा घन्टौ लाईन बस्दा सेवाग्राहीले सास्ती मात्र खेप्नु परेको छ । निर्वाचन कार्यालयमा देखिदै आएको भिडलाई निर्वाचन आयोगले निर्वाचन र लोकतन्त्र प्रति आममतदाताको विश्वास बढेको दावि गर्छ ।

अहिलेलाई तीन जिल्लामा मात्र लागु भएको अनलाईन सुविधालाई देशभर गर्ने योजना आयोगको छ । अहिले निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यलयमा फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);