आजबाट मतदाता नामावली संकलन सुरु, तपाईंको नाम छुट्ला नी ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आजबाट मतदाता नामावली संकलन सुरु, तपाईंको नाम छुट्ला नी !

निर्वाचन आयोगद्वारा ७५ ओटै जिल्लामा मतदाता नामावली संकलन सुरु, नामावली जिल्ला निर्वाचन कार्यालयबाट साउन १५ गतेसम्म संकलन गरिने

आजबाट मतदाता नामावली संकलन सुरु

काठमाडौं । निर्वाचन आयोगले आइतबारदेखि देशका ७५ ओटै जिल्लामा मतदाता नामावली संकलन गर्न सुरु गरेको छ । 

आयोगले प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १८ वर्ष पुगेका बालिग र छुटेकाहरुलाई मध्यनजर गरी मतदाता नामावली संकलन गर्न सुरु गरेको हो ।

मतदाता नामावली जिल्ला निर्वाचन कार्यालयबाट साउन १५ गतेसम्म संकलन गरिने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

यसअघि, सम्बन्धित जिल्लाभन्दा बाहिरैबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने व्यवस्था रहेकामा आयोगले यसपटक नागरिकता जारी भएको जिल्लामै मतदाता फाराम भर्नुपर्ने जनाएको छ ।

आयोगले यसअघि प्रकाशित नामावलीमा नाम तथा ठेगानामा त्रुटि भएका व्यक्तिले पनि यहि अवधिमा सच्चाउन सक्ने व्यवस्था मिलाइएको बताएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);