उपनिर्वाचनको तयारीमा लाग्यो आयोग | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

उपनिर्वाचनको तयारीमा लाग्यो आयोग

nirwachan ayog

काठमाडौं, १९ साउन । निर्वाचन आयोगले आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि तयारी शुरु गरेको छ ।

निर्वाचनको मिति तोकिएलगतै उपनिर्वाचनको मिति थालिएको आयोगले जनाएको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचनपछि रिक्त रहेको पदमा एकै दिन उपनिर्वाचन गराउने गरी आयोगले तयारी थालेको प्रवक्ता शंकरप्रसाद खरेलले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

निर्वाचनको मिति घोषणासँगै उपनिर्वाचनका लागि मतदाता नामावली संकलन कार्य पनि आयोगले रोकेको छ । मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन भन्ने व्यवस्था रहेको छ ।

प्रवक्ता खरेलका अनुसार ७७ वटै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र तोकिएको इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गरेको थियो । संकलन गरिएका मतदाता नामावलीलाई अन्तिम रुप दिने तयारी भइरहेको आयोगले जनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);