आज ५ बजेदेखि मतदाता नामावली संकलन बन्द हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आज ५ बजेदेखि मतदाता नामावली संकलन बन्द हुने

काठमाडौं। निर्वाचन आयोगले बिहीबार (आज) बेलुका ५ बजेदेखि मतदाता नामावली संकलन बन्द हुने जनाएको छ ।

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा गर्ने निर्णय गरेसँगै मतदाता नामावली संकलन बन्द हुने भएको आयोगका सहायत प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरमा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली बन्द गरिने अर्यालले जानकारी दिए । गत १ असारबाट सुरु गरिएको मतदाता नामावली बिहीबार बेलुका ५ बजेबाट बन्द हुन लागेको हो । यो अवधिमा करिब पाँच लाखभन्दा बढीले नामावली दर्ता गराएका छन् । साथै आयोगमा दर्ता भएका राजनीतिक दलका लागि दल दर्ता प्रक्रिया पनि चाँडै सुरु गरिने सहायक प्रवक्ता अर्यालले जानकारी दिए । ‘एक हप्ता समय दिएर आयोगमा दर्ता भइसकेका दलका लागि दल दर्ता प्रक्रिया चाँडै थाल्नेछौँ,’ अर्यालले न्युज कारखानासँग भने।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);