एमाले महोत्तरी अधिवेशन: कसकाे नेतृत्वभन्दा पनि कुन क्षेत्रले पाउने चर्चा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

एमाले महोत्तरी अधिवेशन: कसकाे नेतृत्वभन्दा पनि कुन क्षेत्रले पाउने चर्चा

महोत्तरी। एमाले महोत्तरीकाे अधिवेशन अनुमानित मिति तय भएसँगै नेतृत्व लिने भन्ने बहस सुरू भएको छ ।  बिरगन्जमा केही दिनअघि  बसेको प्रदेश सचिवालय भेलाले १५ भदौअघि नै जिल्लाको अधिवेशन टुंग्याउने निर्णय गरेसँगै नेतृत्वसम्बन्धी बहस चलेकाे हाे।

नेतृत्व जिल्लाको उत्तरी क्षेत्रले लिने कि दक्षिणी क्षेत्रले लिने भन्ने विषयमा मत विभाजन भएको छ । अहिले निर्धारित समयमा अधिवेशन  गराउन नसकेको भन्दै जिल्ला इन्चार्जको जिम्मेवारी पाएका टेकबहादुर बलाम्पाकीलाई  इन्चार्जबाट हटाइएको छ भने कालीचरण साहलाई अधिवेशनसम्मको लागि इन्चार्ज तोकिएको छ ।नेतृत्व कै विषयमा सहमत हुन नसक्दा देशका ७६ जिल्लामा महाधिवेशन भइसक्दा पनि महाेत्तरीमा हुन सकेकाे थिएन।अब भने निर्धारित मितिमै अधिवेशन गराइछाड्ने नेताहरूको प्रतिबद्धता छ।

यसअघि पोलिटब्यूरो सदस्य समेत रहेका रामदयाल मण्डल पक्षधर र केन्द्रीय सदस्यद्वय  सरोज यादव, टेकबहादुर बलाम्पाकीको आफ्नै अडानले पटक-पटक अधिवेशन बिथोलिएको आराेप छ ।७६ वटै जिल्लामा अधिवेशन समपन्न भैइसक्दा पनि महोत्तरीमा मात्र नहुनुलाई केन्द्रले समेत निकै महत्वका साथ चासो देखाएको छ । यसैले पनि जिल्लाका नेताहरू अधिवेशनको लागि  निकै लचिलो देखिएका छन् । तर, आफू अनुकुल बनाउन भने नेताहरूको दौडधुप बाक्लिएको छ ।बुधबार बर्दिबासमा भएको वर्गीय संगठन जनजाति माहासंघ प्रदेशस्तरीय भेलाले समेत महोत्तरीको अधिवेशनको सम्बन्धमा चासो देखाएको छ । लामो समयदेखि जिल्लामा नेतृत्व दक्षिणी क्षेत्रबाट भएको र अब उत्तरी क्षेत्रले पाउनुपर्ने अडान कै कारण अधिवेशनको गर्मागर्मी बढेको छ ।प्रदेशसभा सदस्य तथा नेकपा एमालेकी नेतृ सारदादेवी थापाले नेतृत्व उत्तरी क्षेत्रले पाउनुपर्ने पारम्भिक माग रहेको बताइन् । तर, पोलिटब्यूराे सदस्य रामदयाल मण्डल भने यस्ता टिक्काटिपण्णी र अडान अनावश्यक भएको बताउँछन् । `उत्तरी क्षेत्रले पाउने कि दक्षिणी क्षेत्रले नेतृत्व पाउने भन्ने विषय प्रतिनिधि र हलले टुंग्याउने बिषय हो कसैले भनेर हुँदैन,´ उनले भने। अधिबेशनको मिति निर्धारण गर्न २२ साउनमा आयोजक कमिटीको बैठक बस्दैछ । बर्दिबासमा तय गरिएको उक्त बैठकले अधिवेशनको विषयमा पूर्ण छलफल गर्ने नेकपा एमाले मधेश प्रदेशले जनाएको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);