११ र १२ फागुनमा गर्ने भनिएकाे एमाले महोत्तरी अधिवेशन स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

११ र १२ फागुनमा गर्ने भनिएकाे एमाले महोत्तरी अधिवेशन स्थगित

महोत्तरी । नेकपा एमाले महोत्तरीको ११ र १२ फागुनमा गर्ने भनिएकाे अधिवेशन स्थगित भएकाे छ । अधिवेशनका लागि आवश्यक गृहकार्य नसकिएको भन्दै स्थगित गरिएकाे एमाले महोत्तरीले जनाएको छ ।

आन्तरिक कलहका कारण पटक-पटक स्थगित बन्दै आएपछि प्रदेश कमिटीको बैठकले मधेश प्रदेशको विवादित धनुषा, सर्लाही र महोत्तरीको लागि नयाँ मिति निर्धारण गरेको थियो । प्रदेश कमिटीले निर्धारित मितिमा अधिवेशन गर्नका लागि गृहकार्य गर्न निर्देशन दिए पनि जिल्लामा देखिएको विवादले बुधबार (११ फागुन) हुने भनिएको अधिवेशन स्थगित भएको हो ।

‘भोलि निर्धारण गरिएको अधिवेशन हुन नसक्ने देखिएको छ । अब प्रदेश र केन्द्रसँग समन्वय गरेर पुन:  गृहकार्य गर्छौं,´  केन्द्रीय सदस्य तथा महोत्तरीका सहइन्चार्ज सरोज यादवले भने । यता अधिवेशन हुन नदिन पार्टीभित्रका कतिपय नेताहरू लागि परेको एक पक्षको आरोप छ । अधिवेशनको मिति निर्धारण भइसक्दा पनि प्रतिनिधि चयन गर्न नै अड्को थापेर अधिवेशन लम्ब्याउन लागिपरेको नेताहरूको आरोप छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);