महोत्तरीमा कांग्रेसकाे प्रदेश अधिवेशन अन्याेलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

महोत्तरीमा कांग्रेसकाे प्रदेश अधिवेशन अन्याेलमा

महोत्तरी । विवादका कारण महाेत्तरीका केही वडामा नेपाली कांग्रेसकाे अधिवेशन हुन नसकेकाले आज हुने भनिएकाे प्रदेश अधिवेशन अन्याेलमा परेकाे छ । महोत्तरीका १५ स्थानीय तहमध्ये सातवटामा निर्वाचनमार्फत र ६ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

बल्वा नगरपालिकामा विवादका कारण अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित गरिएको कांग्रेस महोत्तरीले जनाएको छ । मनरासिस्वा नगरपालिका-८ मा विवादकै कारण अझै अधिवेशन हुन सकेको छैन । एक सय ३७ वडामा कतै निर्वाचन र कतै सर्वसम्मतिमा अधिवेशन सम्पन्न गरेको नेपाली कांग्रेस महोत्तरीका सभापति महेश्वर रायले जानकारी दिए । मनरासिस्वा-८ मा त  उम्मेदवारहरूबीच हात हालाहाल भएपछि वडा अधिवेशन स्थगित भएको थियो ।

सातवटा पालिकामा भएको निर्वाचनको परिणाम अझै आउन बाँकी रहेकाले प्रदेश अधिवेशन अन्याेलमा परेकाे हाे । `आज खुल्लासत्र गर्ने तर निर्वाचनका विषयमा भने छलफल भएको छैन´, सभापति रायले भने ।

जलेश्वर, भंगाहा र मनरासिस्वाको मतपरिणाम आइसकेको छैन । विवाद भएका वडा र पालिकाबाहेक अन्य सबै ठाउँको अधिवेशन आजै टुंगोमा पुर्‍याउने नेपाली कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले बताए । निर्वाचन सहजीकरण गर्न केन्द्रवाटै आएका निर्वाचन अधिकृत इन्द्र सुवेदीका अनुसार महोत्तरीमा सवैभन्दा ठूलो विवाद मतदान केन्द्रको विषयमा भएको छ । `उम्मेदवारमा भन्दा पनि मतदान गर्ने विषयमा मतदान केन्द्रलाई लिएर ठूलो विवाद छ´, उन्ले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);