फिल्म 'रोमियो एण्ड मुना'को तीज गीत 'डानसमा म एक नम्बर'  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

२० साउन, काठमाण्डौँ । आउँदै गरेको तीजलाई लक्षित गरी नयाँ-नयाँ गीत र भिडियो सार्वजनिक गर्नेको होडबाजी नै चलेको छ । युट्युबमा विभिन्न किसिमका तीज गीतहरु सार्वजनिक गर्नेको लर्को नै छ ।

 

यसै क्रममा फिल्म ‘रोमियो एण्ड मुना’मा समावेश गरिएको तीज विशेष गीत पनि सार्वजनिक भएको छ । ‘डानसमा म एक नम्बर’ बोलको गीत विहीबार सार्वजनिक गरिएको हो । गीतको भिडियोलाई दुई लाख भन्दा बढिले हेरिसकेका छन् । गीतको भिडियोमा वसुन्धरा भुषाल, सृष्टी श्रेष्ठ, मेनुका प्रधान र सुष्मा कार्कीको अभिनय देख्न सकिन्छ।

 

फिल्मका निर्देशकसमेत रहेका नरेशकुमार केसी र अर्का निर्देशक दिनेश राउत संयुक्त लिखित गीतलाई कोशिश क्षेत्रीले स‌ंगीत दिएका छन्। गीतमा कोशिश आफैँले पनि स्वर दिएका छन्। उनका अलावा झुमा निरौला, मिना निरौला र दीपा लामाको स्वर सुन्न सकिन्छ।
उसो त नेपाली चलचित्रहरुमा चाडपर्व विशेष गीतलाई त्यति धेरै प्राथमिकता दिएको पाईँदैन ।

 

‘रोमियो एण्ड मुना’ चलचित्रको यो गीत भने तीजको मौकाछोपी सार्वजनिक गरिएको हो । यद्यपी यो चलचित्र भने माघ २६ गते देखि मात्र प्रदर्शनमा आउने छ । फिल्ममा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ र नायक विनय श्रेष्ठका मुख्य भुमिका रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);