२२ साउन, काठमाण्डौँ । बलिउड अभिनेत्री ईशा गुप्ता बोल्ड फोटो सुटका कारण सामाजिक सञ्जालमा चर्चामा रहेकी छिन् ।

पछिल्लो समय बिकिनी पहिरनमा ईशाले खिचाएकी तस्बिरले इन्स्टाग्राममा तहल्का पिटिरहेको छ । उनका फ्यानहरु उनको सुन्दरताको निकै तारिफ गरिरहेका छन् । तस्बिरमा देखिएको जस्तो बोल्ड अवतारमा ईशा अहिलेसम्म कुनै फिल्ममा पनि देखिएकी छैनन् ।

ईशाको यस फोटोसुटले पुनम पाण्डे र शर्लिन चोपडा जस्ता मोडललाई समेत चुनौती दिएको चर्चा बलिउड मिडियाले गरेको छ ।

ईशाको यो फोटो सुट फेशन फोटोग्राफर अर्जुन मार्कले गराएका हुन्, जुन अहिले भाईरल बनिरहेको छ ।





