पशुपतिमा फूल बेच्न तयार भईन् नायिका केकी अधिकारी ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

२३ साउन, काठमाण्डौँ । फरक-फरक भुमिकामा देखिँदै आएकी नायिका केकी अधिकारी पुन: एक भिन्न अवतारमा देखिने भएकी छिन् ।

चलचित्र ‘हुर्रे’मा केकी अब पशुपतिमा फूल बेच्ने युवतीको रुपमा देखिने भएकी हुन् । डार्क कमेडी जनरामा बन्ने फिल्म ‘हुर्रे’को आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी घोषणा गरिएको हो । पशुपति परिसरमै घुम्मे फिल्मको लेखन तथा निर्देशन यम थापाले गर्ने भएका हुन् ।

केकी लगायत फिल्ममा अनुप विक्रम शाही, राजाराम पौडेल, विजय बराल, प्रकाश घिमिरे, अंकित खड्का, संगीता नापित, उपदेश तिमिल्सिना लगायतका कलाकारको मुख्य भुमिका रहने छ ।

पछिल्लो समय निकै चर्चामा रहेका संगीतकारद्वय कालिप्रसाद बास्कोटा र राजनराज सिवाकोटीले ‘हुर्रे’मा संगीत तथा स्वर दिने भएका छन् भने मिलन अमात्यको पनि स्वर रहनेछ । जसमा कालिप्रसाद र राजेन्द्र थापाको शब्द रहने छ ।

भदौबाट फ्लोरमा जाने चलचित्रलाई शिव ढकालले खिच्ने भएका छन् । चलचित्रमा विक्रम स्वार र रोशन भट्टराईको नृत्य निर्देशन रहने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);