झिंगे दाउ हेर्न चितवन पुगेकी आँचल शर्मालाई जब दर्शकले घेराहाले... | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

झिंगे दाउ हेर्न चितवन पुगेकी आँचल शर्मालाई जब दर्शकले घेराहाले…

काठमाडौं। आँचल शर्मासहितको अभियनय रहेको चलचित्र झिंगे दाउ प्रदर्शनरत छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको झिंगे दाउकी नायिका आँचल शर्मा सोमबार चितवनका हलमा पुगेकी छन् ।

चितवनका जलमा र इन्द्रदेव हलमा पुग्दा नायिका आँचललाई दर्शकले घेरा हालेका थिए । उनीसँग तस्बिर खिचाउन दर्शकको तँछाडमछाड नै चलेको थियो । चितवनका दुवै हलमा झिंगे दाउको शो हाउस फुल भएको नायिका आँचलले जानकारी दिइन् । दर्शकको सकारात्मक प्रतिक्रिया पाएको जानकारी दिएकी उनले दर्शकको माया र सद्भावले नतमस्तक भएको प्रक्रिया दिइन् । हलमा नायिका आँचललाई देखेपछि दर्शकले सेल्फी लिन घेरा हालेका थिए। उनीसँग तस्बिर लिन वृद्धदेखि बालकसम्म झुम्मिएका थिए ।

ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र झिंगे दाउमा आँचलसहित केकी अधिकारी, मुकुन भुसााललगायत कलाकारको अभिनय छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);