नयाँ चलचित्र नहुँदा हलमा देखिएनन् दर्शक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

नयाँ चलचित्र नहुँदा हलमा देखिएनन् दर्शक

काठमाडौं । दोस्रो लकडाउनपछि बन्द भएका सिनेमाघर बिहीबारदेखि पुनः सञ्चालनमा आएका छन् । केही दिन अगाडि नै सरकारले ५० प्रतिशत दर्शक राख्न पाउने गरी हल खोल्ने अनुमति दिए पनि देशैभर यो नियम लागू नभएपछि हल सञ्चालकले हल खोल्न मानेका थिएनन् ।

काठमाडौँबाहेक बाँकीका जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड पालना गरेर हल चलाउन स्वीकृति दिएपछि बिहीबारदेखि हल खुलेको चलचित्र संघले जनाएको छ । 

बिहीबार ‘फास्ट एन्ड फ्युरियस ९’ र ‘नोबडी’ गरी दुई अंग्रेजी फिल्म रिलिज भए । यद्यपि दर्शकको उपथिति भने उत्साहजनक देखिएको छैन । कारण, नोबडी पहिले रिलिज भइसकेको थियो भने ‘फास्ट एद्दड फ्युरियस ९’ लाई दर्शकले डिजिटल माध्यममा हेरिसकेका छन् ।

नयाँ फिल्म हलमा नपाएपछि दर्शकको उपस्थिति भने कमै पाइएको छ । सरकारी बिदा रहे पनि दर्शक उपस्थिति न्यून रहनुलाई वितरक स्वाभाविक रूपमै लिन्छन् । वितरक करण श्रेष्ठले दसैं अगाडिको समयमा दर्शक चाप हलमा निकै कम हुने बताए । 

‘दसैंको किनमेल भएको र हलमा नयाँ फिल्म नभएकोले दर्शकको उपस्थिति कम भएको हो, आउँदो हप्ताबाट बढ्न सक्छ,’ उनले भने । आउँदो हप्ता भने एक नेपाली र एक अंग्रेजी फिल्म रिलिज हुँदैछन् । २६ असाेजमा ‘डाँडाको वरपीपल’ रिलिज हुँदैछ भने त्यसको दुई दिनपछि जेम्स बन्ड सिरिजको नयाँ फिल्म ‘नो टाइम टु डाई’ रिलिज हुँदैछ। 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);