यस्तो छ ‘क्याप्टेन’ को ओपनिङ अकुपेन्सी | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

यस्तो छ ‘क्याप्टेन’ को ओपनिङ अकुपेन्सी

captain-anmol kc

काठमाडौं, १८ फागुन । फ्राईडे रिलिज अन्तर्गत यस हप्ताका लागि प्रदर्शनमा आएको सुपरस्टार अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ वर्ष २०७५ को सबैभन्दा प्रतिक्षीत फिल्म मध्येको एक थियो । देशका लागि गोल्ड मेडल जित्ने अठोट बोकेर हिँडेको एक युवकको जीवनमा आउने उचार-चढावमा केन्द्रित यस फिल्ममा अनमोल फुटबल खेलाडीको भूमिकामा छन् । फिल्मलाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । भुवन केसी निर्मित फिल्मको पटकथा सामिप्यराज तिमल्सिनाको हो ।

केही महिनायता खडेरी लागेको नेपाली फिल्मको व्यापारलाई यस फिल्मले चलायमान बनाउने विश्वास चलचित्रकर्मीहरुमा छ । दशैंमा प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ३’ पछि कुनै नेपाली फिल्मले उम्दा व्यापार गर्न सकेका छैनन् । न दर्शकको थामिनसक्नु भीड नै हलमा ओराल्न सफल रहे । अब सबैको आशा ‘क्याप्टेन’ माथि छ । किनकि, फिल्ममा ‘बक्सअफिस किंग’ अनमोल छन् ।

दर्शक र फिल्म क्षेत्रले निकै आशा गरेको यो फिल्मको ओपनिङ अकुपेन्सी कस्तो रह्यो ? दर्शक र चलचित्रकर्मीहरुका लागि कौतुहलताको विषय भएको छ । सिंगल थिएटर र मल्टिप्लेक्स सबैतिर लागेको यो फिल्मको शुक्रवार बिहानदेखि साँझसम्म ७० प्रतिशतको आसपास ओपनिङ अकुपेन्सी रहेको वितरक मनोज राठीले फिल्मीखबरलाई जानकारी दिएका छन् । फिल्मलाई ‘छक्का पञ्जा ३’ पछिकै ठूलो ओपनिङ मिलेको उनको दाबी छ ।

‘राजधानीका गोपी, अष्ट, गुण, गंगा आदी मध्यम वर्गीय दर्शकको अत्याधिक चाप रहने हल शुक्रवार बिहानैदेखि हाउसफुल छन् । बिहान मल्टिप्लेक्समा भने दर्शकको उपस्थिति कम भएकै हो । तर, दिउँसो २ बजेपछि भने सबै सोज लगभग हाउसफुल छन्’, उनले भने । दर्शक प्रतिक्रिया राम्रो भएका कारण फिल्मले शनिबार देशभर आक्रामक व्यापार गर्नेमा उनी विश्वस्त छन् ।

शुक्रवार बिहानदेखि साँझसम्म राजधानीका केही मेजर स्टेशनमा फिल्मीखबरको टिम पुग्दा तन्देरी पुस्ताहरुको भीडभाड हलको टिकट काउन्टरमा देखिन्थ्यो । बिहान भने प्रायः हल सुनसानजस्तै थियो । न सिंगल न त मल्टिप्लेक्समा नै अकुपेन्सी राम्रो थियो । वितरक राठीले भनेझैँ ‘क्याप्टेन’ ले दिउँसोबाट पिकअप लिएको छ । घाम अस्ताउन लाग्दै गर्दा मल्टिप्लेक्सहरुमा टिकट लिने दर्शकको भीड बढेको थियो ।

अनमोलका जबरजस्त फ्यानले फिल्मलाई दमदार भन्दै गर्दा अन्य दर्शकबाट भने मिश्रित प्रतिक्रिया आएको छ । राम्रो, एभरेज र कमजोर सबैथरी भन्ने दर्शक छन् । फिल्मको मूल कथा फुटबलको भए पनि दर्शकले बढी इन्जोय चाहिँ लभस्टोरी र कमेडी पाटोमा गरेका छन् । पर्दामा अनमोल गोल हान्न संघर्ष गरिरहँदा त्यसले दर्शकमा रोमाञ्चकता पैदा गर्न फिल्म चुकेको छ । डबिङमा अनगिन्ती त्रुटी रहेको फिल्मका कलाकारको काम भने तारिफयोग्य छ ।

हरेक फिल्ममा अभिनय कमजोर रहेको प्रतिक्रियाले वाक्कदिक्क भएका अनमोलले ‘क्याप्टेन’ मा भने आफ्नो तर्फबाट उत्कृष्ट दिन निकै मिहिनेत गरेका छन् । यसपटक दर्शकले उनको अभिनयमा खासै औंला नउठाउन सक्छन् । उनले फुटबल खेलाडी ईशानको चरित्र न्यायपूर्वक निभाएका छन् । यस्तै, नव-अभिनेत्री उपासना सिंह ठकुरीले यस फिल्मबाट राम्रो सम्भावना देखाएकी छन् । फिल्मीखबरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);