मण्डलामा ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ सुरु | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

मण्डलामा ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ सुरु

mandala thriater

काठमाडौं, १७ फागुन । सोमबारबाट काठमाडौँ स्थित मण्डला थिएटरमा ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ सुरु भएको छ ।

महोत्सवमा संस्कृतिविद् सत्यमोहन जोशीसहित ९ जना नाट्य क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेका नाट्यकर्मीहरूलाई सम्मानित गरिएको थियो ।

मङ्गलवारदेखि काठमाडौँका चार थिएटरहरूमा नियमित नाटक मञ्चन हुँदैछ । अनामनगर स्थित मण्डला थिएटर, बत्तिसपुतलीको शिल्पी थिएटर, टेकुको कौसी थिएटर र किर्तिपुरको थिएटर मलमा फरक फरक नाटकहरू देखाइने छ ।

नेपाल, भारत, बङ्गलादेश, अफगानिस्तान, नर्वे, इटाली लगायत ८ देशका ३० फरक नाट्य समूह यसमा सहभागी छन् ।

ताजा समाचार