लोपोन्मुख संगीत संरक्षण गर्न ‘एक प्रदेश एक परम्परा’ कार्यक्रम : प्रधानमन्त्री  | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८३, सोमबार

लोपोन्मुख संगीत संरक्षण गर्न ‘एक प्रदेश एक परम्परा’ कार्यक्रम : प्रधानमन्त्री 

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले लोपोन्मुख संगीत परम्पराको संरक्षणका लागि ‘एक प्रदेश एक परम्परा’ कार्यक्रम ल्याएको बताएका छन् ।मंगलबार नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानको १२ औं प्राज्ञ सभा बैठकको उदघाटन गर्दै प्रधानमन्त्री देउवाले नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिस्ठानमार्फत् विभिन्न नेपाली लोकबाजा तथा लोकनृत्यहरुको पहिचान र प्रशिक्षण, नाटय प्रविधिका क्षत्रका विशेष प्रशिक्षण, बालनाटक महोत्सव कार्यक्रमहरुको आयोजना गर्दै जाने बताए ।

यसका लागि देशको सवब भूगोल, जाति, समुदायसम्म पुग्न प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्री देउवाले प्राज्ञ प्रतिष्ठानका प्राज्ञहरुलाई निर्देशन दिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका संरक्षक जीवनराम श्रेष्ठले देशको सांकृतिक विविधतालाई जोगाइराख्नु सबैको कर्तव्य भएको बताए ।

Leave a Reply