सकियो मौलिक लोकबाजा प्रशिक्षण | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

सकियो मौलिक लोकबाजा प्रशिक्षण

काठमाडौं । सर्लाहीमा आयोजना भएको १० दिने मधेस प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण सकिएको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा चेतना सन्देश नेपालको स्थानीय व्यवस्थापनमा सर्लाहीको हरिवनमा १० दिने मौलिक लोकबाजा प्रशिक्षणअन्तर्गत ढोलक र मादलको प्रशिक्षण कार्यक्रम सम्पन्न भएकोे हो ।

मधेस प्रदेशका विभिन्न जिल्ला र स्थानीय गरी २८ जना प्रशिक्षार्थीले मादल र ढोलकको प्रशिक्षण लिएका थिए । समापनका अवसरमा प्रशिक्षार्थीलाई प्रतिष्ठानका संगीत विभाग प्रमुख तथा कार्यक्रम संयोजक प्राज्ञ अशोक राईको सभापतित्व र मधेस प्रदेश सभा सदस्य बेची लुङ्गेलीले प्रमाणपत्र प्रदान गरेका थिए ।

यसअघि पाँचथरमा च्याब्रुङ, काठमाडौ र ललितपुरमा धिमे, ढोल, साकेला डम्फु, च्याब्रुङ, बाँसुरी, सारङ्गी, टुङ्ना बाजाको प्रशिक्षण सम्पन्न भई सकेको छ । अब २० फागुनबाट सुनसरी धरानमा ढोल र मादलको प्रशिक्षण गरिने प्राज्ञ राईले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);