नेपाली लोकबाजाको संरक्षण गर्दै त्रिपुरेश्वरस्थित नेपाली संग्रहाल (एक रिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपाली लोकबाजाको संरक्षण गर्दै त्रिपुरेश्वरस्थित नेपाली संग्रहाल (एक रिपोर्ट)

काठमाडौं । विभिन्न जातजाति र समुदायको बसोबास भएको नेपाल साँस्कृतिक हिसाबले समृद्ध छ । हरेक जातजातिका आ–आफ्नै बाजा र नाचगान छन् । एक अध्ययन अनुसार नेपालमा १ लाख हाराहारीमा लोक भाका छन् ।

त्यस्तै ३ हजार जति नाच । अनि १३ सय ५० भन्दा बढी बाजा । ती बाजाको ताल र सुरमा विविधता छ जसबाट लाखौं किसिमका धुन निकाल्न सकिन्छ । तर बिडम्बना ती मौलिक लोकधुन बजाउने ती बाजाहरु अहिले प्रचलनमा छैनन् । संग्राहलयमा मात्रै भेटिन्छन् । यसको संरक्षण र प्रवर्दन गर्दै आएको छ त्रिपुरेश्वरस्थित नेपाली लोकबाजा संग्रहालयले ।

लोकबाजाको मिठासले सबैलाई मन्त्रमुग्ध बनाउँछ । काठमाडौंको त्रिपुरेश्वर महादेव मन्दिर हातामा नेपाली लोक बाजा संग्रहालय छ यहाँ हजारौँ वर्ष पुराना लोकबाजाहरु रहेका छन् । साढे दुई दशकको समयावधिमा संग्रहालयले जम्मा ६ सय ५५ सङख्यामा बाजाहरुको जर्गेना गर्न सफल भएको छ ।

त्यहाँ बाजाको साथमा जातजातिका सांगीतिक धुन, जात्रा, गीत आदिको अडियो/भिडियो अर्काइभ पनि सुरक्षित छ । संग्रहालयले लोपोन्मुख बाजा बनाउने र बजाउने तालिम दिन्छ । बेलाबेला कन्सर्ट गर्छ । उसले द्वैमासिक जर्नल ‘बाजा’ प्रकाशन गर्छ । दुई दर्जन किसिमका बाजाको तालिम पुस्तक समेत छापिसकेको छ ।

संग्रहालयले सन् २०११ देखि नोभेम्बर अन्तिम साता अन्तराष्ट्रिय लोक संगीत फिल्म महोत्सव गर्दै आएको छ । त्यतिबेला फिल्म देखाइनुका साथै संसारभरका विज्ञहरूसँग अन्तरक्रिया गराइन्छ । महोत्सवले सांगीतिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउँदै आएको छ । संग्रहालयले हालसम्म तीनपटक सारंगी सप्ताह समेत मनाइसकेको छ ।

पश्चिमा संस्कृतिको सिको गर्दै अहिले नेपाली युवापुस्ताहरुले आफ्नो लोकबाजा बिर्सिरहँदा यि बाजाहरुको संरक्षण गर्न सरकारको ध्यान जानु आवश्यक देखिन्छ । पछिल्लो समयमा आधुनिकता संगै पुराना मौलिक लोक बाजाहरु छायाँमा पर्दै गइरहेका छन् ।

पछिल्ला पुस्ताहरुले विदेशी संकृतिको सिको गर्दै आफ्नै बाजाप्रति रुची देखाएका छैनन् । जसले हाम्रा अमूल्य निधि मानिएको पुराना बाजाहरुको प्रयोग घट्दै गइरहेको छ । यी बाजाको प्रयोग र प्रचलन घट्दै जाँदा आउँदो पुस्ताले यी बाजाहरु देख्नै नसक्नेगरी लोप हुने खतरा छ । यसको संरक्षणको लागि हामी सबैले जुट्नु जरुरी छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);